काठमाडौं । मेगा बैंकले साधारणसभा बोलाएको छ । बैंक सञ्चालक समिति बैठकले मंसिर २८ गतेका लागि साधारणसभा बोलाएको हो ।
सभामा १० प्रतिशत बोनस शेयर र २.०७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ ।
साथै, बैंकले अर्को कुनै उपयुक्त बैंकसँग मर्जर तथा एक्विजिसनमा जान आवश्यक समझदारी गर्ने अधिकार सञ्चालक समितिलाई दिने एजेन्डा तय गरेको छ । साथै बैंकको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गर्ने एजेन्डा समेत समेत साधारणसभाबाट पारित गर्नेछ ।
साधारणसभा प्रयोजनका लागि यही मंसिर १४ गते बुक क्लाेजको मिति तोकिएको छ ।