images
images

एनआरएन निर्वाचनमा सरकारको हस्तक्षेप, कुल आचार्य थप बलियो


  • 293
    SHARES
  • २०७८ मंसिर ७ गते मंगलबार

    एनआरएन निर्वाचनमा सरकारको हस्तक्षेप, कुल आचार्य थप बलियो

    काठमाडौं । सरकारले गैर आवासीय नेपाली संघ (एनआरएन) को निर्वाचित कार्यसमितिलाई नयाँ महाधिवेशन गर्न रोक लगाएको छ । कार्यसमितिले केही दिन अगाडि डिसेम्बर १५ तारिखका दिन नयाँ महाधिवेशनको मिति घोषणा गरेको थियो । सो अधिवेशनमा परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेको हो ।

    मन्त्रालयले अब नयाँ महाधिवेशन गर्ने जिम्मा संरक्षक परिषद्लाई दिएको छ । वर्तमान अध्यक्ष कुमार पन्तले महाधिवेशन प्रतिनिधिमा मनोमानी गरेपछि परराष्ट्रले हस्तक्षेप गरेको हो । 

    परराष्ट्र मन्त्रालयले राष्ट्रिय समन्वय परिषद्ले सिफारिस गरेका महाधिवेशन प्रतिनिधिलाई मान्यता दिन समेत परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ । साथै अन्तराष्ट्रिय समन्वय परिषद्को कार्यकाल सकिएको भन्दै परिषद्लाई संस्थाको कुनै काम गर्न नदिन समेत परराष्ट्रले भनेको छ । 

    परराष्ट्रको यस्तो निर्देशन सँगै एनआरएन अध्यक्ष कुमार पन्तको पक्ष कमजोर बन्ने भएको छ । यसले अध्यक्षका उम्मेदवार कुल आचार्यलाई बलियो बनाएको छ । 


    images
    images

    Logo