काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङको नाममा सिभिल स्टेट्स प्रा. लि. अन्तर्गतको सीटीसी मलले लिएको ऋण चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।
कोषले यसअघि ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गर्न दिइएको समय नाघेको भन्दै ३५ दिनभित्र ऋण नतिरे सुन्धारास्थित सीटीसी मल लगायत जमानत समेतका धितो लिलामी गरी ऋण असुलउपर गर्ने जनाएको छ ।
सुन्धारास्थित छ रोपनी जग्गामा रहेको मलका सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रवीण मुखिया रहेका छन् ।