images
images

तीन दिनमा सात अर्बले घट्यो निक्षेप


  • 366
    SHARES
  • २०७८ मंसिर ६ गते सोमबार

    तीन दिनमा सात अर्बले घट्यो निक्षेप

    काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा निक्षेपको मात्रा घट्दै गएको छ । गत कात्तिक मसान्तमा ४२ खर्ब ३३ अर्ब रहेको निक्षेप यही मंसिर ३ गतेसम्म आइपुग्दा ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ ।

    गत कात्तिक मसान्तसम्म ४० खर्ब ३४ अर्ब रुपैयाँ बराबरको ऋण लगानी भएकामा मंसिर ३ गतेसम्म आइपुग्दा त्यो बढेर ४० खर्ब ४१ अर्ब रुपैयाँ बराबर पुगेको छ । यस आधारमा २ दिनमा नै निक्षेप ७ अर्बले घटेको देखिन्छ भने ७ अर्ब रुपैयाँले नै कर्जा लगानी भएको नेपाल बैंकर्स संघले जनाएको छ । ्

    गत साउन मसान्तमा वाणिज्य बैंकमा ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप थियो । त्यसबेला ३७ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी भएको थियो । गत भदौ मसान्तसम्म ४१ खर्ब ७१ अर्ब निक्षेप हुँदा ३८ खर्ब ७२ अर्ब बराबरको कर्जा लगानी भएको थियो । 

    असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब रुपैयाँ बराबरको निक्षेप पुग्दा कर्जा भने ३९ खर्ब ९८ अर्ब रुपैयाँ बराबर भएको थियो । निक्षेप नबढ्ने तर कर्जा मात्रै बढ्दा बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव देखिएको छ ।   

    नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्ब रुपैयाँले घटेको छ । सोही अवधिमा कर्जा ३६ अर्ब रुपैयाँले बढेको छ । संघका अनुसार पछिल्लो तीन दिनको विवरण हेर्दा निक्षेप ७ अर्ब रुपैयाँले घट्दा कर्जा लगानी ७ अर्ब रुपैयााँले बढेको छ ।

    पूँजीगत खर्चमा उल्लेख्य वृद्धि नभएको, विप्रेषणसमेत तुलनात्मक रुपमा वृद्धि नभएका कारणले गर्दा निक्षेपमा चाप परेको संघले जनाएको छ ।   


    images
    images

    Logo