images
images

मौद्रिक नीतिको समीक्षा कुर्दै शेयर बजार, चन्द्रागिरि हिल्सको शेयरमूल्य उचालियो


  • 380
    SHARES
  • २०७८ मंसिर ६ गते सोमबार

    मौद्रिक नीतिको समीक्षा कुर्दै शेयर बजार, चन्द्रागिरि हिल्सको शेयरमूल्य उचालियो

    काठमाडौं । मौद्रिक नीतिको समीक्षा नआउँदा शेयर बजार स्थिरप्रायः देखिएको छ । आइतबार झन्डै १२ अंकले घटेको शेयर बजार सोमबार ८ अंकले वृद्धि भएको हो । सो वृद्धिसँगै शेयर बजार २ हजार ७ सय ६५ को बिन्दुमा पुगेको छ । आज बजारम ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    कारोबार खुलेदेखि विस्तारै बढेको बजार अन्तिम समयमा विस्तारै घट्दै अघिल्लो ८ अंकको वृद्धिमा सीमित भएको हो । आज बजारमा होटल र टुरिजम क्षेत्रका कम्पनीमा उच्च वृद्धि देखिएको छ । 

    आज बजारमा मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरैले बढेको छ । चन्द्रागिरि हिल्सको शेयरमूल्यमा पनि सर्किट लेभलकै वृद्धि देखिएको छ । 


    images
    images

    Logo