images
images

अवैध रूपले बसोबास गरिरहेका ३१ सय भन्दा बढी विदेशीलाई देश निकाला


  • 435
    SHARES
  • २०७८ मंसिर ६ गते सोमबार

    अवैध रूपले बसोबास गरिरहेका ३१ सय भन्दा बढी विदेशीलाई देश निकाला

    काठमाडौं । पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।

    त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन् ।

     विभिन्न अपराधमा संलग्न भएका, भिसाको म्यान गुज्रिसकेका र शङ्कास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ । यो वर्ष मात्र भिसा सकिएर बस्ने सयभन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिएको छ । नागरिक दैनिकबाट ।


    images
    images

    Logo