images
images

यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते


  • 310
    SHARES
  • २०७८ मंसिर ५ गते आइतबार

    यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

    काठमाडौं । दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश ००–००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ । 

    आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटनामा परेको हो । घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।


    images
    images

    Logo