images
images

अब दियालोको शाखा काठमाडौँमा


  • 303
    SHARES
  • २०७८ मंसिर ५ गते आइतबार

    अब दियालोको शाखा काठमाडौँमा

    काठमाडौं । ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चौंथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ ।

    १० वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाँई र्चेन होटल सञ्चालनमा ल्याएका हुन् । उनकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार  ६ करोड रुपैयाँ भन्दा बढीको लगानीमा शाखा खोलिएको हो । 

    १० रोपनि भाडाका जग्गामा १ हजार ३ सय  अट्ने दुईवटा बैंकेट हल  छन् । उनका अनुसार १ सय ५० क्षमताको रेष्टुरराँ छ । उनले भने, “हाम्रो दियालोको ४ वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरिजम क्षेत्रमा २५ वर्षको अनुभव सगाल्नु भएका पाण्डेले स्थानीयवासीको आवश्यकता अनुसार बालाजुमा दियालोको चौथो शाखा खोलिएको जानकारी दिए । 

    शाखाको सांसद भीमसेनदास प्रधान र पूर्व सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा शुभारम्भ  गरेका थिए । माछा पोखरी बाइपासबाट करिब ६ सय मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै सञ्चालन गर्ने गरी काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याइएको हो । 

    दियालो समूहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा छ । चितवनमा १९ कोठासमेत छन् । समूहको नेतृत्व गर्दै आएका चापागाँईले निकट भविष्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताए । देशका प्रमुख शहरमा बैंकेटको शाखा विस्तार गर्ने तयारी छ । चितवनमा दियालोको २ हजार २ सय जना अट्ने सुविधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर विवाह, भोजसँगै कार्यक्रम गर्न सकिन्छ । 

    उनी रेष्टुरेन्ट र खानामा आफ्नो बैंकेट उत्कृष्ठ भएको दाबी गर्छन् । चापागाँईकै नेतृत्वको समूहले बत्तीसपुतलीमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ । भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनी यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुगेका थिए । 

    बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागाँईले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हाल्लाएका थिए । नेपालमा चापागाँई बैंकेट क्षेत्रमा परिचित नाम हो । उनका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ । 


    images
    images

    Logo