काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश घटेको छ । यसअघि सो कम्पनीले ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोमा त्यसलाई परिवर्तन गर्दै ३० प्रतिशतमा झारिएको हो ।
राष्ट्र बैंकको निर्देशन अनुसार ग्राहक संरक्षण कोषमा रकम छुट्याउनुपर्ने भएकोले लाभांश घटाउनुपरेको कम्पनीले जनाएको छ । यो लघुवित्तले मर्जरका कारण लाभांश कर भने छुट पाएको छ ।