काठमाडौं । मुक्तिनाथ विकास बैंकले साधारणसभा बोलाएको छ । बैंकले मंसिर २५ गते पोखराको जल महल होटलमा बस्नेगरी साधारणसभा बोलाएको हो । सो दिन बिहान ९ बजे साधारणसभा बस्नेछ ।
बैंकले साधारणसभामा यसअघि प्रस्तावित १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि लाग्ने नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।
साथै, बैंकले आफ्नो अधिकृत पुँजीलाई बढाएर ८ अर्ब पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । प्रस्तावित बोनस शेयरपछि बिक्रीपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।
त्यस्तै, बैंकले मर्जर तथा एक्विजिसनका लागि सहमति वा सम्झौता गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ । साधारणसभा प्रयोजनका लागि मंसिर १५ गतेदेखि साधारणसभा नभएसम्मका लागि शेयरधनी किताब खाता बन्द गर्ने बैंकले जनाएको छ ।



