images
images

निर्माण अन्तिम चरणमा भू–उपयोग नियमावली : कृषि भूमि र सुकुम्वासी समस्या समाधान गरिने


  • 312
    SHARES
  • २०७८ मंसिर ४ गते शनिबार

    निर्माण अन्तिम चरणमा भू–उपयोग नियमावली : कृषि भूमि  र सुकुम्वासी समस्या समाधान गरिने

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भू–उपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएकी छिन् ।     
         
    आज उग्रचण्डी नाला समाजको चौथो साधारणसभाको उद्घाटन समारोहमा उहाँले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन्।     
         
    मन्त्री श्रेष्ठले भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानहरूको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यावसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको पनि जानकारी गराइन् ।      
         
    भूमिहीन दलित, भूूमिहीन सुकुुम्वासी र उपत्यकाभित्र रहेका  सुकुम्वासीको समस्या समाधान गर्न आफूूले पहल सुरु गरिसकेको जनाउँदै उनले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने हुँदा विकास निर्माणका काममा तेरो मेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गरिन् ।     
         
    मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृतिक सम्पदाले महत्वपूर्ण हुँदाहुँदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको धारणा राखिन्।


    images
    images

    Logo