images
images

रामदेवले पशुपतिमा पनि योग शिविर गर्ने, पर्यटन मन्त्रालय आफैं आयोजक !


  • 371
    SHARES
  • २०७८ मंसिर ४ गते शनिबार

    रामदेवले पशुपतिमा पनि योग शिविर गर्ने, पर्यटन मन्त्रालय आफैं आयोजक !

    काठमाडौं । योगगुरु रामदेवले पशुपतिनाथ परिसरमा समेत योग शिविर सञ्चालन गर्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा आइतबार सो क्षेत्रमा योग शिविर सञ्चालन गर्न लागिएको हो । मन्त्री प्रेम आलेले यसका लागि सक्रियता लिएका छन् । 

    पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एकदिने योग शिविर आयोजना हुने मन्त्रालयले जनाएको छ । रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना हुन लागेको जनाइएको छ ।

    योग शिविरकै दिन मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई पशुपतिनाथको दर्शन गराउने र मन्त्रालयका तर्फबाट सम्मान गर्ने कार्यक्रम रहेको सहसचिव डा टोकराज पाण्डेयले बताए । उनले भने, “स्वामी रामदेव तथा आचार्य बालकृष्णको समुपस्थितिमा हामीले आइतबार योग शिविरको आयोजना गरेका छौँ, योग गर्ने बानीको विकास गर्नु हाम्रो प्रमुख लक्ष्य हो ।” मन्त्रालयले आयोजना गर्न लागेको उक्त योग शिविरबाट नेपालीको योग गर्ने र स्वस्थ रहने बानीको विकास हुने र नेपालको पर्यटन प्रवद्धृन हुने अपेक्षा लिएको छ ।

    उक्त योग शिविरमा सर्वसाधारणका लागि निःशुल्क रूपमा प्रवेशको व्यवस्था मिलाइएको जनाइएको छ । शिविरमा दशौँ हजार सर्वसाधारणको सहभागिता हुने मन्त्रालयको अपेक्षा छ । 

    योग शिविरपश्चात योगगुरु रामदेव तथा आचार्य बालकृष्ण नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्लीफर्किने कार्यक्रम छ । बिहीबार नेपाल आएका रामदेवले योगगुरु रामदेवले शनिबार बिहान पनि चन्द्रागिरिमा योग ध्यान तथा प्रशिक्षण गराएका थिए । 


    images
    images

    Logo