images
images

नेप्सेमा एकैसाता थपियो साढे ८ करोड कित्ता शेयर, कुन कम्पनीकाे कति ?


  • 604
    SHARES
  • २०७८ मंसिर ४ गते शनिबार

    नेप्सेमा एकैसाता थपियो साढे ८ करोड कित्ता शेयर,  कुन कम्पनीकाे कति ?

    काठमाडौं । यो साता झन्डै साढे ८ करोड शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत भएको छ । विभिन्न कम्पनीले जारी गरेका हकप्रद तथा वितरण गरेका बोनस शेयर समेत गरी सो ८ करोड ४७ लाख ८१ हजार कित्ता शेयर दोस्रो बजारमा सुचिकृत भएका हुन् । 

    यो साता हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को ७ करोड ७० लाख कित्ता शेयर दोस्रो बजारमा थपिएको छ । एचआईडीसीएलले यसअघि १ः१ अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । 

    अरूण काबेली पावर कम्पनी २६ लाख ९५ हजार ६ सय ५ कित्ता शेयर पनि नेप्सेमा सूचिकृत भएको हो । सो कम्पनीले १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । 


    त्यस्तै, ङादी ग्रुप पावर कम्पनी लिमिटेडले वितरण गरेको २० प्रतिशतले हुन आउने बोनस शेयर पनि यही साता बजारमा सुचिकृत भएको छ । कम्पनीको ११ लाख ७८ हजार कित्ता शेयर सूचिकृत भएको हो । 

    उता, एनएलजी इन्स्योरेन्सले दिएको १० प्रतिशत बोनस शेयर पनि यही साता नेप्सेमा थपिएको छ । एनएलजीले १० लाख ९६ कित्ता बोनस शेयर वितरण गरेको थियो । 

    इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको मर्जरपश्चात्  कायम हुन आएको ६ लाख ३९ हजार कित्ता पनि यसै साता नेप्सेमा सुचिकृत भएको छ । दुई संस्थाबीच १ः ०.९८ स्वाप रेसियोका आधारमा मर्जर भएको थियो । 

    ग्रीन डेभलपमेन्ट बैंकको १ लाख ९० हजार कित्ता शेयर पनि यही साता नेप्सेमा थपिएको छ । बैंकले चुक्ता पुँजीको ३.८० प्रतिशत बराबर बोनस शेयर दिने निर्णय गरेको थियो ।

    यी सबै शेयरहरु सुचीकरणसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन् । 


    images
    images

    Logo