काठमाडौं । चन्द्रागिरि हिल्समा योग गुरु बाबा रामदेव र आचार्य बालकृष्ण जी महाराजबाट योग शिबिर सञ्चालन हुने भएको छ । शनिबार बिहान ५ बजेदेखि चन्द्रागिरिमा उनीहरुले योग शिविर सञ्चालन गर्ने भएका हुन् ।
सो प्रयोजनका लागि चन्द्रागिरि हिल्सले बिहान ५ बजेदेखि नै केवलकार सेवा सञ्चालन गर्ने भएको छ । सो शिविरको प्रत्यक्ष प्रसारण आस्था, संस्कार, इंडिया टिभीबाट हुने जनाइएको छ।