काठमाडौं । वीर अस्पतालमा लाइन युगको अन्त्य भएको छ । अस्पतालले शुक्रबारदेखि बहिरंग विभाग अन्तर्गतका बिरामीका लागि नयाँ एप्लिकेसन सञ्चालनमा ल्याएको हो ।
वीर अस्पताल नामक उक्त एप्लिकेसनबाट सम्बन्धित बिरामीले अनलाइनबाटै टिकट लिन र टिकट वापतको भुक्तानी समेत अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ । सो आधारमा बिरामीले सम्बन्धित डाक्टरसँग समय लिएर सिधै भेट्न जान सक्नेछन् ।
यो प्रविधि अहिलेलाई ओपीडी सेवामा मात्रै लागू गरिएको छ । एपको परीक्षणपछि अरु सेवाका लागि समेत सेवामा यो प्रविधि विस्तार गरिने गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।