images
images

नेफ्स्कुनको ३० औँ साधारणसभा सम्पन्न, मर्यादित बन्न सहकारीमन्त्रीको निर्देशन


  • 359
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    नेफ्स्कुनको ३०  औँ  साधारणसभा सम्पन्न, मर्यादित बन्न सहकारीमन्त्रीको निर्देशन

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई  मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता रहेको बताएकी छिन् । 

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन)को ३० औँ साधारणसभाको आज काठमाडौँमा उद्घाटन गर्दै उनले समग्र विकासका लक्ष्य प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताएकी हुन् । 

    मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारका रुपमा विकास गर्न मन्त्रालयले ‘भिजन पेपर’ को तयारी अघि बढाएको जानकारी दिदैं अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र महत्वपूर्ण एवम् संवेदनशील क्षेत्र भएको उल्लेख गरे । 

    सामाजिक सशक्तीकरणमार्फत गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहकारी संस्थाको योगदान महत्वपूर्ण रहने विश्वास व्यक्त गर्दै उनले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्न, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकीकृत गर्न र बृहत् सञ्जालीकरणमार्फत समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् । 

    उनले भने, “उद्यमशीलताको प्रवद्र्धन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहकारी संस्थाको महत्वपूर्ण भूमिका छ ।” मन्त्री श्रेष्ठले सहकारी र बैंकबीच कानूनी, प्रशासनिक तथा सैद्धान्तिकरुपमा नै अन्तर रहेकाले बचत तथा ऋण सहकारी र बहुउद्देश्य सहकारी सामूहिक सहकार्य र प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । 

    आधारभूत मूल्य मान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण सहकारी क्षेत्रमाथि नागरिकको विश्वास र भरोसा घटिरहेको उल्लेख गर्दै उनले भनिन् । “अहिले पनि संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने अवस्था आउनसक्छ ।”

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष केबी उप्रेतीले आर्थिक समृद्धिमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे।


    images
    images

    Logo