images
images

एमसीसी पास गर्न अमेरिकाको २५ दिने 'डेटलाइन'


  • 563
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    एमसीसी पास गर्न अमेरिकाको २५ दिने 'डेटलाइन'

    काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदबाट अनुमोदन गराउन अमेरिकाले नेपाललाई २५ दिनको समय दिएको छ । अमेरिकाले मंसिर २८ (डिसेम्बर १४) को समय दिएर सो समयभित्र संसदबाट यो कम्प्याक्ट अनुमोदन गराउन भनेको हो । 

    नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा सो अवधिसम्म यो विषयमा टुंगो नलागे सहयोग रकम फिर्ता लैजाने बताएका छन् ।

    शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा विदेशमन्त्री लुले आगामी १४ डिसेम्बर ९मंसिर २८० भित्र टुंगोमा नपुर्याए फिर्ता लैजाने बताएका छन् ।

    जवाफमा अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता कागजातबारे अहिले बहस चलिरहेको जानकारी दिएका छन् । तर उनले सो अवधिभित्र सम्झौता पास हुन्छ कि हुँदैन भन्नेबारे केही बताएनन् । 

    संसदको २ तिहाईबाट पारित हुनुपर्ने भएकोले एमसीसी पास हुन राष्ट्रिय सहमति चाहिन्छ । तर सत्तामा हुँदा पास गर्न पर्यत्न गर्ने र प्रतिपक्षमा बस्दा पछि हस्ने राजनीतिक दलको व्यवहारका कारण यो पास वा अस्वीकृत दुवै हुन सकेको छैन । 


    images
    images

    Logo