काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप कात्तिक महिनामा झन्डै ३५ अर्ब रुपैयाँले घटेको छ । सञ्चालनमा रहेका २७ बैंकमध्ये १९ बैंकको निक्षेप घट्दा बैंकिङ क्षेत्रले सो बराबरको निक्षेप क्षति व्यहोरेको हो ।
यो महिनामा समग्र बैंकिङ क्षेत्रबाट ३५ अर्ब ३१ करोड रुपैयाँ बराबरको निक्षेप पलायन भएको नेपाल बैंकर्स संघले जनाएको छ । सबैभन्दा बढी निक्षेप एनआईशी एशिया बैंकमा परेको छ । सो बैंकको निक्षेप कात्तिक महिनामा १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ ।
गत महिना ९ वटा बैंकको निक्षेप बढेको छ । त्यसरी निक्षेप बढ्ने बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
उता निक्षेप घट्ने बैंकहरुको सूचीमा एनआईशीपछि राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, नेपाल बैंक लगायत बैंकहरु अगाडि छन् । राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १० अर्ब भन्दा धेरैले घटेको छ ।
यस्तो देखियो वाणिज्य बैंकहरुको निक्षेप संकलन




