images
images

बैंकहरुमा निक्षेप घटिरहेको बेला हिमालयन बैंकले एकै महिना बढायो १४ अर्ब निक्षेप


  • 536
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    बैंकहरुमा निक्षेप घटिरहेको बेला हिमालयन बैंकले एकै महिना बढायो १४ अर्ब निक्षेप

    काठमाडौं । निक्षेप संकलन अपेक्षित नभएर बजारमा तरलता अभाव भइरहेको बेला हिमालयन बैंकले भने एकै महिना १४ अर्ब रुपैयाँ निक्षेप बढाएको छ । बैंकले असोज मसान्तको तुलनामा कात्तिक मसान्तमा १४ अर्ब ६० करोड रुपैयाँ निक्षेप बढाएको हो । योसँगै बैंकको कुल निक्षेप १ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ । असोज महिनामा यस्तो निक्षेप १ खर्ब ५० अर्ब रुपैयाँ थियो । 

    कात्तिक महिनामा समग्र बैंकिङ क्षेत्रबाट ३५ अर्ब ३१ करोड रुपैयाँ बराबरको निक्षेप पलायन भएको छ । यस्तो पलायनको असरले १९ वटा बैंक सबैभन्दा बढी बैंक प्रभावित भएको छन् । निक्षेप पलायनको सबैभन्दा बढी असर एनआईशी एशिया बैंकमा परेको छ । सो बैंकको निक्षेप कात्तिक महिनामा १३ अर्ब ८९ करोड रुपैयाँले घटेको छ । 

    गत महिना ९ वटा बैंकको निक्षेप बढेको छ । त्यसरी निक्षेप बढ्ने बैंकहरुमा एनएमबि बैंक, लक्ष्मी बैंक, नेपाल एसबीआई बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् । 

    उता निक्षेप घट्ने बैंकहरुको सूचीमा एनआईशीपछि राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, नेपाल बैंक लगायत बैंकहरु अगाडि छन् । राष्ट्रिय वाणिज्य बैंकको निक्षेप पनि १० अर्ब भन्दा धेरैले घटेको छ । 

    कात्तिक पहिलो साता हिकालयन बैंकले ११.६७ प्रतिशत ब्याजदर अफर गरेको थियो । एनआईशी एशिया बैंकले पनि ११ प्रतिशत भन्दा माथि नै ब्याजदर अफर गरेको थियो । राष्ट्र बैंकको हस्तक्षेपपछि बैंकहरुले ब्याजदर घटाएका थियो । ब्याजदर समायोजनका बाबजुद हिमालयन बैंकको निक्षेपमा राम्रो सुधार हुँदा एनआईशीको निक्षेप भने घटेको हो । 


    images
    images

    Logo