काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको साधारणसभा मंसिर २८ गते हुने भएको छ । बैंक सञ्चालक समितिको बैठकले उक्त दिन बिहान १० बजे बैंकको प्रधान कार्यालय बानेश्वसरमा बस्नेगरी साधारणसभा बोलाएको छ ।
उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३.०६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । उक्त प्रयोजनको लागि मंसिर १० गते शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय समेत बैठकले गरेको छ ।