images
images

राष्ट्रियसभा निर्वाचन माघ १२ गते, गठबन्धन मिले एमाले 'क्लिन स्वीप'


  • 377
    SHARES
  • २०७८ मंसिर ३ गते शुक्रबार

    राष्ट्रियसभा निर्वाचन माघ १२ गते, गठबन्धन मिले एमाले 'क्लिन स्वीप'

    काठमाडौं । सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए । आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद रिक्त हुँदै छ । 

    संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको हो ।

    यो निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धन एक हुने सम्भावना देखिएको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सांसदहरुको मतभार अनुसार हुने यो निर्वाचनमा पछिल्लो अंकगणित हेर्दा सत्तारुढ गठबन्धनले सबै सिट हासिल गर्ने गर्नेछ । 


    images
    images

    Logo