नवलपरासी । अवैध रुपमा भन्सार छलेर ल्याइएका मोटर पार्टस् बरामद भएको छ । नवलपरासी (पश्चिम) प्रहरीले बिहीबार चोरीपैठारीका झन्डै १२ लाख १२ हजार रुपैयाँ मुल्य बराबरको मोटर पार्टस लगायतका अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको छ ।
बिहान ८ बजे भारतबाट अवैध रुपमा ल्याउदै गरेको मोटर पार्टस हेड ५ थान र मोटर गेयर बक्स १ सय ८ थान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ स्थित भक्सीपुरबाट बरामद गरेको हो ।
उक्त मोटर पार्टस् भारतबाट अवैध रुपमा ल्याई काठमाडौं तर्फ लैजाँदै गर्दा यात्रुबाहक बसको डिक्कीबाट बरामद गरिएको हो । बरामद सामान आजै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छ ।