images
images

एयरपोर्ट क्षेत्रभित्र पार्किङ शुल्क ह्वात्तै बढ्यो


  • 517
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    एयरपोर्ट क्षेत्रभित्र पार्किङ शुल्क ह्वात्तै बढ्यो

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र पार्किङ गर्दा लाग्ने शुल्क बढेको छ । एयरपोर्टभित्र र्पािर्कङसम्बन्धी व्यवस्थापनको जिम्मा लिएको आईएमएस एयरपोर्ट सर्भिसेजले विमानस्थलभित्र पार्किङ गर्दा लाग्ने नयाँ शुल्क निर्धारण गरेको हो । 

     अब सो क्षेत्रभित्र दुईपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा २५ रुपैयाँ र दिनभरका लागि ६ सय रुपैयाँ तिर्नु पर्नेछ । चारपाङ्ग्रे सवारीका लागि प्रतिघण्टा ५० रुपैयाँ र दिनभरका लागि १ हजार २ सय रुपैयाँ तोकिएको छ ।  

    हलुका सवारी साधन जस्तै मिनीबस, माइक्रो जस्ता सावरी साधन पार्किङ गर्दा प्रतिघण्टा ७५ रुपैयाँ र प्रतिदिन १ हजार ८ सय रुपैयाँ बुझाउनु पर्नेछ ।

    बस, ट्रक जस्ता ठूला सवारीसाधनका हकमा भने प्रतिघण्टा १ सय २५ रुपैयाँ र दिनभरको ३ हजार रुपैयाँ पार्किङ शुल्क तोकिएको छ ।


    images
    images

    Logo