images
images

भारतले जनकपुरधामको विकासका लागि १ सय करोड छिटै उपलब्ध गराउने


  • 299
    SHARES
  • २०७८ मंसिर २ गते बिहीबार

    भारतले जनकपुरधामको विकासका लागि १ सय करोड छिटै उपलब्ध गराउने

    काठमाडौं । भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि १ सय करोड छिट्टै उपलब्ध हुने घोषणा गर्नुभएको बताएका छन् ।

    धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुग्नु भएका उनले सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको  घोषणाबमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाएका हुन् ।

    प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गरे । पूजाअर्चनाका लागि जानकी मन्दिर पुगेका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिएका थिए । 

    उनले भने, “नेपालमा गौ हत्या भइरहेको छैन तर भारतमा चार÷चार शङ्काराचार्य भएर पनि गौ हत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पु¥याइदिनुस् ।”प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गरेका थिए ।


    images
    images

    Logo