images
images

नाफिजद्वारा एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा


  • 356
    SHARES
  • २०७८ मंसिर १ गते बुधबार

    नाफिजद्वारा एक लाख राशीको आर्थिक पत्रकारिता पुरस्कार घोषणा

    काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले एक लाख रुपैयाँ राशीको पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

    महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईकोले उपलब्ध गराएको अक्षय कोषमार्फत् नाफिजले भट्टराईका माता पिता (शारदा/ढुण्डीराज) को नाममा पुरस्कार दिने घोषणा गरेको हो । 

    पुरस्कार सम्बन्धी सम्झौता पत्रमा बुधबार नाफिज अध्यक्ष मोदनाथ ढकाल र दाता भट्टराईले हस्ताक्षर गरेका छन् । कार्यक्रममा भट्टराईले नाफिजलाई अक्षय कोषबापत १० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । 


    images
    images

    Logo