images
images

ईभीको डाउनपेमेन्ट बढ्यो, यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)


  • 490
    SHARES
  • २०८१ फाल्गुण १३ गते मंगलबार

    ईभीको डाउनपेमेन्ट बढ्यो, यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठसहित)

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मंगलबार साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको हो ।

    सार्वजनिक गरिएको नीतिगत व्यवस्था अनुसार व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपात (Loan to Value Ratio) को सीमालाई ६० प्रतिशत कायम गरिएको छ । यस अनुसार अब ईभीको  डाउनपेमेन्ट कम्तीमा ४०% गर्नुपर्ने छ । यसअघि २०% डाउनपेमेन्टमा ईभी पाइन्थ्याे ।

    असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको राष्ट्र बैंकले जनाएको छ । यसअघि यस्तो दर १.१ प्रतिशत थियो ।

    राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

    यस्तो छ मौद्रिक नीतिको  समीक्षा


    images
    images

    Logo