काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा करिब १९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि माघसम्म १८ अर्ब ९८ करोड रुपैयाँभन्दा बढीकाे स्मार्टफोन आयात भएको हाे ।
विभिन्न देशबाट १२ लाख २९ हजार थान स्मार्टफोन आयात गर्दा १८ अर्ब ९८ करोड रुपैयाँ बाहिरिएकाे छ ।
गएको आर्थिक वर्षको यसै अवधिमा १७ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो ।
सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको छ । चीनबाट ७ महिनामा झण्डै १३ अर्ब रुपैयाँ बराबरको ९ लाख ५३ हजार थान स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
यस्तै भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको २ लाख ७२ हजार थान स्मार्टफोन आयात भएको छ । स्मार्टफोन आयातबाट सरकारले सात महिनामा ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।



