काठमाडौं । सर्वोच्च अदालतको विवादबारे सत्तारुढ गठबन्धनले चासो देखाएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले न्यायपालिकाको स्वच्छता, निष्पक्षता, विश्वसनीयता र गरिमालाई कायम राख्नेगरी यथाशीघ्र निकास दिनुपर्छ भन्ने धारणा रहेको जनाएको हो ।
गठबन्धनको कामलाई प्रभावकारी बनाउन गठित समस्वय समितिका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कृष्ण सिटौला, नारायणकाजी श्रेष्ठ, बाबुराम भट्टराई, उपेन्द्र यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अशोककुमार राई, चित्रबहादुर केसी, दुर्ग पौडेल र वेदुराम भुसाल सम्मिलित थिए ।
उनीहरुले न्यायालयले छिटो निकास दिनुपर्ने उल्लेख गरे पनि त्यसमा आफ्नो धारणा भने प्रष्ट राखेनन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनु पर्छ कि पर्दैन भन्ने विषयमा गठबन्धन मौन बसेको हो ।



