images
images

मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला मेला आयोजना हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने


  • 323
    SHARES
  • २०७८ कार्तिक २९ गते सोमबार

    मंसिर ३ देखि ५ गतेसम्म १८ औं हस्तकला मेला आयोजना हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    काठमाडौं । मंसिर ३ गतेदेखि ५ गतेसम्म राजधानीमा हस्तकला ब्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघले १८ औं हस्तकला व्यापार मेला आयोजना गर्न लागेको हो । राजधानीको बौद्धस्थित हायात रिजेन्सी होटलमा सो हस्तकला व्यापार मेला हुनेछ । 

    मेलाले हस्तकलाको आन्तरिक व्यापार प्रवद्र्धधन र निर्यात व्यापारमा टेवा पु¥याउने उद्देश्यले महासंघको छ । यसअघि कोभिड महामारीअघि मेला गरेको महासंघले कोभिडपछिको सिर्जित अवस्थालाई मध्यननजगर गर्दै  नयाँ अवधारणाका साथ सो मेला आयोजना गर्न लागेको जनाएको छ । 

    उक्त मेलामा झन्डै १ सय २० वटा व्यापारिक स्टल रहनेछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको उक्त मेलामा ई–कला नेपाल अनलाइन पोर्टलको सुरुवात र साधनमाला पुस्तकको समेत विमोचन गर्ने कार्यक्रम छ । मेलामा हस्तकलाका वस्तुहरुको निर्यात गर्ने व्यक्तिलाई सम्मान गर्ने, वर्षको उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने, शिप हस्तान्तरण तथा पुस्तान्तरण गर्ने, हस्तकलाका विभिन्न विधामा संलग्न ७० वर्ष भन्दा बढी उमेरका जेष्ठ तथा वरिष्ठ कलाकारलाई सम्मान गर्ने बताइएको छ । 

    प्रवेश निःशुल्क गरिएको उक्त मेलामा ३० हजार भन्दा बढीले अवलोकनकर्ता भित्र्याउने लक्ष्य लिइएको छ । मेलामा भन्सार विभागले राट्रिय एकद्वार भन्सार प्रणालीबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ भने निर्यातजन्य विभिन्न ३६ विधाका हस्तकला वस्तुहरुको प्रदर्शनी समेत हुनेछ ।


    images
    images

    Logo