images
images

कमलविनायक-नगरकोट सडक : २ महिनाभित्र काम नसके शैलुङसँग ठेक्का तोड्ने चेतावनी


  • 480
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    कमलविनायक-नगरकोट सडक : २ महिनाभित्र काम नसके शैलुङसँग ठेक्का तोड्ने चेतावनी

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडक अबको दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएकी छिन् । 

    पटकपटक अवधि थप हुँदासमेत सम्पन्न हुन नसकेको सो सडकको अवलोकनका लागि आज नगरकोट पुग्नुभएकी मन्त्री यादवले सडक विभाग, सम्बन्धित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिलाई भेटेर सडक निर्माण द्रुत गतिमा अघि बढाउन निर्देशन दिएकी हुन् । । उनले गुणस्तरमा कुनै सम्झौता नगरी निर्माण पूरा गर्न पनि निर्देशन दिइन् । पर्यटकीय क्षेत्रमा सडकको यो अवस्था हुँदा पर्यटन क्षेत्रमा समेत नकारात्मक असर परिरहेको उनको भनाइ छ । “पर्यटक यहाँ आराम गर्न आउँछन् तर आइपुग्दा नै थकाइ लाग्ने भएपछि कसरी रमाउँछन् ?” मन्त्री यादवले प्रश्न गरिन् ।

    पटकपटक ठेक्का अवधि थप भएको सो सडकमा अब अवधि थप नहुने मन्त्री यादवले बताइन् । अब पनि निर्माण सम्पन्न नभएमा ठेक्का तोड्न पनि पछि नपर्ने उनको भनाइ छ । १५ किमी सडक सात वर्षसम्म पनि पूरा नहुनु अनौठो भएको उनले बताइन् । देशभरका विभिन्न सडक केही वर्षयता कोभिड र भूकम्पका कारण ढिला भयो हुनसक्ने उनले बताइन् । आफूले विभिन्न सडकमा अवलोकन गरेर आवश्यक कारबाही अघि बढाउने उनले दृढता व्यक्त गरिन् । उनले भनिन् “सडक बनाउन देशको ढुकुटीबाट खर्च भएको छ, त्यसैले पनि जनताले सुविधा पाउनुपर्छ ।”

    janardan sharma maha prasad adhikari.jpg

    मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले युद्धस्तरमा काम नगरेसम्म अझै पनि नगरकोट सडक सम्पन्न हुन लामो समय लाग्नसक्ने बताए । निर्माण कम्पनीले चाहँदा निर्माण सामग्री पाइने भन्दै उनले यहाँका लागि सामग्री र जनशक्ति दुवै थप गर्न निर्देशन दिए । 

    सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले एकदुई महिनामा सडक सम्पन्न गर्नका लागि कामको गति बढाउनुपर्ने बताउनुभयो । सो सडकमा नियमित अनुगमन गर्न र यहाँको प्रगति बुझाउन उनले सम्बन्धित योजनालाई निर्देशन दिए । योजनाका प्रमुख गौतमकुमार श्रेष्ठले आफू नियमित रुपमा स्थलगत निरीक्षण गरेर गल्ती सच्याउन भनिरहेको बताए । 

    निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि नितेश अधिकारीले एक महिनाको हाराहारीमा निर्माण सक्ने गरी कार्ययोजना बनाएर लागेको जानकारी मन्त्री यादवलाई दिए। सडक कहिले बनाइसकेर यहाँबाट उम्कने भन्ने आफूहरूलाई लागेको उनले बताए । 

    janardan sharma maha prasad adhikari.jpg


    images
    images

    Logo