images
images

ब्याजदरसम्बन्धी राष्ट्र बैंकले ल्याएको निर्देशनले कुन कुन बैंकलाई फाइदा गर्यो ?


  • 661
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    ब्याजदरसम्बन्धी राष्ट्र बैंकले ल्याएको निर्देशनले कुन कुन बैंकलाई फाइदा गर्यो ?

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर निर्धारणको सम्बन्धमा राष्ट्र बैंकले एक महिना अगाडि नयाँ व्यवस्था गर्यो । जसअनुसार बैंकहरुले प्रत्येक महिना १० प्रतिशत भन्दा बढी ब्याजदर घटबढ गर्न नपाउने भए । 

    केन्द्रीय बैंकको निर्देशनपछि दोहोरो अंकमा ब्याजदर पुर्याएका बैंकले ब्याज घटाए । राष्ट्र बैंकको मौखिक निर्देशनमा अधिकांश बैंकको व्यक्तिगततर्फ मुद्दति खाताको ब्याजदर ९.३६ प्रतिशतमा सीमित भयो । 

    तर, केही बैंक भने सहज अवस्थामा थिए । उनीहरुले सोभन्दा कम ब्याजदर अफर गरेर सूचना प्रकाशन गरे । यसरी कम ब्याजदर निर्धारण गर्ने बैंकमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका थिए । 

    नेपाल इन्भेष्टमेन्ट बैंकको अधिकतम ब्याजदर ९.३५ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्डको सबैभन्दा कम ७.५ प्रतिशत ब्याजदर थियो । तर, १० प्रतिशत मात्रै ब्याजदर बढाउने नीतिका कारण कम ब्याजदर तोकेका बैंकहरुलाई अप्ट्यारो पर्ने अवस्था आयो । यसले गर्दा अहिले राष्ट्र बैंकले नयाँ महिना अगावै निर्देशन सच्याएको हो । 

    यो व्यवस्थापछि अब स्ट्यान्डर्ड चार्टर्ड बैंकले एकैपटक सबैभन्दा बढी अर्थात् २.७९६ प्रतिशतसम्म ब्याजदर बढाउन पाउँछ । अरु बैंकले पनि ब्याजदर अनुसार १०.२९६ प्रतिशतसम्म ब्याजदर पुर्याउन पाउने व्यवस्था छ । 


    images
    images

    Logo