images
images

२६ दिनमा ४६ अर्बले घट्यो बैंकहरुको निक्षेप


  • 332
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    २६ दिनमा ४६ अर्बले घट्यो बैंकहरुको निक्षेप

    काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप २६ सातामा ४६ अर्बले घटेको छ । असोज मसान्तको तुलनामा कात्तिक २६ गतेसम्म बैंकहरुको निक्षेप सो बराबर घटको हो । 

    असोज मसान्तमा बैंकहरुसँग ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप थियो । कात्तिक २६ गतेसम्म आइपुग्दा यो घटेर ४२ खर्ब २३ अर्ब रुपैयाँमा सीमित भएको छ । 

    कर्जातर्फ भने झन्डै ३० अर्ब विस्तार गरेका छन् । असोज मसान्तसम्म ३९ खर्ब ९८ अर्ब रहेको बैंकहरुको कर्जा शुक्रबारसम्म ४० खर्ब २८ अर्ब पुगेको हो । 

    यसप्रकार २६ दिनको अवधिमा मात्रै निक्षेप र कर्जाबीच ७६ अर्ब रुपैयाँको असन्तुलन देखिएको छ । यसले गर्दा सम्पूर्ण बैंकिङ क्षेत्रको सीसीडी अनुपात ९०.१० पुगेको छ । 


    images
    images

    Logo