images
images

पौने ७ लाख शेयरधनी भएको अपर तामाकोशीको साधारणसभामा ५७ जना !


  • 2.5K
    SHARES
  • २०७८ कार्तिक २८ गते आइतबार

    पौने ७ लाख शेयरधनी भएको अपर तामाकोशीको साधारणसभामा ५७ जना !

    काठमाडौं । कुनै समयमा देशकै सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी थियो अपर तामाकोशी जलविद्युत् । सर्वसाधारण, दोलखाका स्थानीयवासी र सञ्चय कोष तथा नागरिक लगानी कोषका कर्मचारी समेतको शेयर लगानी भएका कारण कम्पनीको शेयरधनीको संख्या सबैभन्दा बढी हुन पुगेको हो । 

    अहिले पनि सो कम्पनीमा पौने ७ लाख लगानीकर्ता छन् । कम्पनीले प्रस्तुत गरेको साधारणसभाको ममाइन्युटमा कुल शेयरधनी ६ लाख ६६ हजार ८ सय ४५ जना रहेको उल्लेख गरिएको छ । 

    तर सोही कम्पनीको साधारणसभा भने जम्मा ५७ जनाको उपस्थितिमा मात्रै सम्पन्न भएको छ । यो कुल शेयरधनीको ०.००८५ प्रतिशत मात्रै हो । 

    कम्पनी ऐन २०६३ को व्यवस्था अनुसार साधारणसभाको गणपूरक संख्याका लागि कम्तीमा ५० प्रतिशत भन्दा बढी शेयरको प्रतिनिधित्व गर्ने शेयरधनी उपस्थित हुनुपर्छ । अपर तामाकोशीले ५७ जनाकै उपस्थितिमा सो गणपुरक संख्या पुर्याएर साधारणसभा सम्पन्न गरेको हो । 

    सोमध्ये १५ जना सञ्चालक स्वयम उपस्थित थिए भने ४२ जना अभौतिक माध्यमबाट उपस्थित थिए । सोसमेत गरी जम्मा ५१.०५७ प्रतिशत शेयरको प्रतिनिधित्व गर्नेगरी कम्पनीको साधारणसभा सम्पन्न भएको जनाइएको छ । 

    upper-agm.jpg


    images
    images

    Logo