काठमाडौं । नेपालमा १२ वर्षमाथिका बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप आइतबारबाट लगाउन सुरु गरिँदै छ। विश्वका १ सय ३२ मुलुकका नागरिकले लगाइसकेको फाइजर खोप नेपालमा भने पहिलो पटक लगाउन लागिएको हो
यो खोप दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन लागिएको हो । कोरोना भाइरसविरुद्ध विश्वमै पहिलो पटक उत्पादन भएको फाइजर खोप नेपालमा बिल्कुलै नयाँ भएकाले यसबारे केही तथ्यहरू जान्नैपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले कोरोनाविरुद्धको फाइजर खोपको प्रयोग तथा सञ्चालन सम्बन्धी मार्गदर्शनसमेत सार्वजनिक गरेको छ ।
फाइजर खोपले ज्वरो आउने, बान्ता हुने, खोप लगाएको व्यक्ति बेहोशसमेत हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यसबारे खोप लगाउने व्यक्ति पहिल्यै सजग हुनुपर्ने जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग, खोप लगाउन हुने अवस्था, खोप लगाउन नहुने अवस्था, चिकित्सकको विशेष निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुन सक्ने असरका विषयमा प्रस्ट पारेको छ । फाइजर खोप नेपालमा पहिलो पटक १२ वर्षदेखि १७ वर्षसम्मका दीर्घरोगीलाई दिइँदै छ ।
पहिलो पटक खोप लगाएकालाई २१ दिनदेखि २८ दिनभित्र दोस्रो मात्रा लगाइनेछध्र पहिलो मात्रा कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म मङ्सिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो मात्रा खोप दिइँदै छ ।
उनले केही मानिसले फाइजर खोप लगाउन नहुने जाकारी दिँदै कोभिड–१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको व्यक्तिले फाइजर खोप लगाउन नहुने बताए यस्तै, १२ वर्षभन्दा कम उमेरको व्यक्तिले पनि खोप लगाउन हुदैन फाइजर खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको व्यक्तिले समेत खोप लगाउन नमिल्ने बताए यस्तै, कुनै पनि प्रकारको गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको अव‚थामा फाइजर खोप लगाउनु हुँदैन फाइजर खोप लगाएपछि हुन सक्ने अनपेक्षित घटनामा थकाइ लाग्ने, खोप लगाएको हातको काखीको गन्थ्री सुनिने र दुख्ने, कुनै पनि खोप लगाउँदा विरलै देखिने तर गम्भीर हुने एनाफाइलेक्सिसको सम्भावना हुन सक्छ ।
विभागका अनुसार काठमाडौँ उपत्यकामा रहेको वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गङ्गालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन हुनेछ । गाेरखापत्र दैनिकबाट



