images
images

६ महिनामा भित्रियो ४७ हजार किलो पासपोर्ट, विदेशिए करिब ४ लाख नेपाली


  • 421
    SHARES
  • २०८१ माघ ११ गते शुक्रबार

    ६ महिनामा भित्रियो ४७ हजार किलो पासपोर्ट, विदेशिए करिब ४ लाख नेपाली

    काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ४७ हजार ५० किलो राहदानी (पासपोर्ट) आयात गरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा यस्तो स्थिति देखिएको हो । 

    उक्त परिमाण बराबरको पासपोर्ट आयात गर्न १ अर्ब ४१ करोड ५१ लाख १४ हजार रुपैयाँ खर्च भएको विभागको तथ्यांकमा जनाइएको छ । 

    विदेशिए करिब ४ लाख नेपाली

    साउनदेखि पुससम्मको अवधिमा करिब डेढ अर्ब रकम बराबरको पासपोर्ट आयात हुँदै गर्दा रोजगारीका लागि विदेशीने नेपालीको संख्या करिब ४ लाख पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार सो अवधिमा रोजगारीका लागि ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका हुन् । 

    ६ महिनाको तथ्यांक हेर्दा मासिक साढे ६५ हजार युवा कामको खोजीमा विदेश उड्ने गरेको देखिएको छ । विभागका अनुसार पुस २०८१ मा मात्र ६७ हजार २ सय ५८ युवाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये ७ हजार १ सय ५ महिला छन् ।

    पुस मसान्तसम्म २ लाख २५ हजार ६ सय २५ नयाँ श्रम स्वीकृति र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृतिमा विदेश गएका छन् ।


    images
    images

    Logo