images
images

१५ किलो अवैध लागूऔषध चरेश सहित ४ जना पक्राउ 


  • 296
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    १५ किलो अवैध लागूऔषध चरेश सहित ४ जना पक्राउ 

    गोरखा । १५ किलो अवैध लागूऔषध चरेश सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा धार्चे गाउँपालिका–४ लाप्राक बस्ने ४३ वर्षीया कोपिला गुरुङ, गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३७ वर्षीय लाल बहादुर तामाङ, सोही ठाउँ बस्ने ३३ वर्षीया छेमेन तामाङ र सोही ठाउँ बस्ने ३० वर्षीय प्रबिण श्रेष्ठ रहेका छन् ।

    अजिरकोट गाउँपालिका–५ चनौटेबाट करिब १५ किलो अवैध लागूऔषध चरेश सहित ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

    बारपाकबाट गोरखातर्फ आउँदै गरेको बा।२० च ९३३२ नम्बरको जीपलाई ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोरामा राखि ल्याउँदै गरेको उक्त चरेश सहित फेला पारी जीप चालक प्रबिण समेत ४ जनालाई पक्राउ गरेको हो । 


    images
    images

    Logo