images
images

गरिबलाई १० हजार बाँड्न आवेदन खुल्यो, कसले पाउँछन् नगद अनुदान ?


  • 1.5K
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    गरिबलाई १० हजार बाँड्न आवेदन खुल्यो, कसले पाउँछन्  नगद अनुदान ?

    काठमाडौं । गरिबलाई परिवारलाई १० हजार रुपैयाँ राहत बाँड्न आवेदन खुलेको छ । अर्थ मन्त्रालयले कोभिड–१९ को महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ अनुसार सुविधा प्राप्त गर्न १५ दिनको सूचना दिएर आवेदन आह्वान गरेको हो । 

    सो सुविधा प्राप्त गर्न चाहने व्यक्तिले आफ्नो स्थायी ठेगाना वा न्यूनतम ६ महिनादेखि बसोबास गर्दै आएको अस्थायी ठेगानाका वडा कार्यालयमा गएर तोकिएको ढाँचामा आवेदन बुझाउन सक्नेछन् । प्राप्त आवेदनका आधारमा तोकिएको मापदण्ड बमोजिमका गरिबहरुले यो सुविधा प्राप्त गर्नेछन् । 

    कुनै व्यक्ति सो सुविधा पाउन योग्य हो कि होइन भन्ने एकीन सम्बन्धित वडाले गर्नेछ । वडाको सिफारिस बमोजिम मन्त्रालयले सम्बन्धित व्यक्तिको बैंक खातामा सो रकम उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ । 

    यस्तो छ सुविधा पाउने योग्यता र अयोग्यता

    क. नगद राहत प्राप्त गर्न योग्य लाभग्राही

    (१) विगतमा गर्दै आएको रोजगारी पूर्णरूपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार,

    (२) खुला सडक, फुटपाथ वा चौरमा खर्पन, नाङ्लो, डोको आदिमा सामान बेच्ने अति विपन्न व्यवसायी,

    (३) दैनिक ज्याला–मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक, रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया,

    (४) कोभिड–१९ सङ†क्रमणका कारणबाट एकाघरपरिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक सङ्कट झेल्नु परेको परिवार तथा अभिभावक गुमाएका असहाय नाबालकलाई सयाहार गर्ने परिवार ।

    ख. नगद राहत प्राप्त गर्न अयोग्य परिवार

    (१) निवेदन दिँदाको समयमा निवेदकको एकाघर परिवारका कुनै सदस्यले सरकारी, निजी वा अन्य कुनै संघ÷संस्था वा वैदेशिक रोजगारीमा स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आयआर्जन गरिरहेको,

    (२) परिवारको कुनै सदस्यले नेपाल सरकारबाट उपलब्ध हुने अन्य सामाजिक सुरक्षा (ज्येष्ठ नागरिक, एकल महिला, दलित वा अपाङ्ग) वापतको भत्ता वा नेपाल सरकार वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको,

    (३) सञ्चित आय वा पैतृक सम्पत्तिबाट तत्कालको खर्च आवश्यकता पूरा गर्न सक्ने अवस्थामा रहेको,

    (४) प्रधानमन्त्री रोजगार कार्यक्रम वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कार्यक्रम बमोजिम यस प्रयोजनका लागि एक पटक राहतको रूपमा नगद प्राप्त गरेको परिवार ।


    images
    images

    Logo