images
images

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यासमा भारी मूल्यवृद्धि


  • 3.2K
    SHARES
  • २०७८ कार्तिक २४ गते बुधबार

    पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, ग्यासमा भारी मूल्यवृद्धि

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले बुधबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ र आन्तरिक र बाह्य हवाई उडानमा प्रयोग हुने इन्धनमा ५/५ रुपैयाँको दरमा मूल्य बढाएको हो । 

    योसँगै पेट्रोलको मूल्य १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १९ रुपैयाँ, आन्तरिक हवाई इन्धन १ सय १ रुपैयाँ र बाह्य हवाई इन्धनको प्रति किलोलिटर अमेरिकी डलर ८ सय ९५ कायम भएको छ । 
    त्यस्तै ग्यासको मूल्य एकैपटक ७५ रुपैयाँले बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्याइएको छ । 

    यो समायोजनपछि पनि निगमलाई पेट्रोलमा १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ, एलपी ग्यासमा ६ सय ५७ दशमलव ८४ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । यी सबै नाेक्सान जोड्दा निगम १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने निगमको प्रक्षेपण रहेको छ । 

    noc-media.jpg


    images
    images

    Logo