images
images

ग्यापुको बृहत अनलाइन सेल ११.११ 


  • 285
    SHARES
  • २०७८ कार्तिक २४ गते बुधबार

    ग्यापुको बृहत अनलाइन सेल ११.११ 

    काठमाडौं । गत वर्ष झै यो वर्ष पनि नेपाली अनलाइन स्टोर ग्यापुले देशकै ठूलो सेल कार्यक्रम ११।११ को घोषणा गरेको छ । थुप्रै आकर्षक छुट र अफरका साथ ग्यापुले नोबेम्बर ११ मा हुने यो बृहत सेलको घोषणा गरेको छ । 

    गत वर्ष ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काको जन्मदिनकै शुभ अवसरमा परेको यो ११.११ एकदिने सेल भव्य रुपमा सम्पन्न भएको थियो । सो बेला २४ घण्टा सम्म सम्पन्न भएको सेल धेरै बिक्री भएको थियो । 

    जाडोको कपडा, स्मार्टफोन, भान्छाको सामान वा अन्य घरायसी सामान लिने सोचमा भएकाहरुलाई  ग्यापुको ११.११ सेल सुनौलो अवसर हुने बताइएको छ ।  

    ग्यापुमा उपलब्ध हरेक सामग्रीहरूमा आकर्षक छुट र क्यासब्याक अफर पनि पाइने बताइएको छ । यो बृहत सेल नोबेम्बर ११ को मध्यरात देखि सुरु भएर २४ घण्टा सम्म उपलब्ध हुनेछ । यस अवसरमा खरिद गरिएका सामग्रीको निशुल्क डेलिभरी पनि गरिनेछ बताइएको छ ।


    images
    images

    Logo