images
images

हेलम्बु ७ इचोकमा ब्रेक फेल भएर दुर्घटना एकको मृत्यु पाँच घाइते


  • 535
    SHARES
  • २०७८ कार्तिक २४ गते बुधबार

    हेलम्बु ७ इचोकमा ब्रेक फेल भएर दुर्घटना एकको मृत्यु पाँच घाइते

    सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको  बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

    मृत्यु हनेमा हेलम्बु– ३ पाल्चोककी  ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए । 

    घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई  प्रहरीले  नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।


    images
    images

    Logo