images
images

पुरातत्व क्षेत्रको सुदृढीकरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन


  • 1.1K
    SHARES
  • २०७८ कार्तिक २३ गते मंगलबार

    पुरातत्व क्षेत्रको सुदृढीकरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

    काठमाडौं । पुरातत्व क्षेत्रको सुदृढीकरण तथा पुनर्संरचनाको माग गर्दै संस्कृति तथा पुरातत्व अध्ययन केन्द्र (सीएआरसी) ले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देश संघीय संरचनामा गइरहँदा पुरातत्व क्षेत्रको संरचना भने केन्द्रिकृत भएको र सोही कारण यो क्षेत्र धरासायी भएको भन्दै केन्द्रले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको हो । 

    केन्द्रका अध्यक्ष सुदर्शन अर्याल सहितको टोलीले बुझाएको ज्ञापन पत्रमा पुरातत्व विभागलाई प्रदेश स्तरसम्म विस्तार गर्नुपर्ने, प्रत्येक स्थानीय तहमा पुरातत्व अधिकृतको व्यवस्था गर्नुपर्ने लगायत माग गरिएको छ ।

    ललितपुरको मंगलबजारमा रहेको सांस्कृतिक एवं पुरातात्विक प्रयोगशालाको उचित प्रयोग हुन नसक्दा अहिले पुरातात्विक सम्पदाको परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता रहेको भन्दै त्यसको उचित पहलका लागि प्रयोग गर्न समेत केन्द्रले माग गरेको छ । 

    सांस्कृतिक तथा पुरातत्विक क्षेत्रको संरक्षणका लागि अहिलेको संयन्त्रले का मगर्न नसकेको भन्दै यसका लागि छुट्टै सुरक्षा दस्ता गठन गर्न समेत ज्ञापन पत्रमार्फत् माग गरिएको छ । 

    ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले पुरातत्व क्षेत्रको संरक्षण र संवद्र्धनको विषयमा आफू सकारात्मक भएको भन्दै यसबारे आफूले पहल गर्ने आश्वासन दिएको केन्द्रका अध्यक्ष अर्यालले जानकारी दिए । 


    images
    images

    Logo