काठमाडौं । तीनवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त हुने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखहरु नियुक्त गर्न सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेका हुन् ।
जस अनुसार प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न सिफारिस गरिएको छ । यद्यपि राष्ट्रपतिले उनीहरुलाई नियुक्त गर्न भने बाँकी छ ।