images
images

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 


  • 341
    SHARES
  • २०७८ कार्तिक २२ गते सोमबार

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ 

    कपिलवस्तु । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाराजगन्ज नगरपालिका–८ बन्जरिया घर भएका ४३ वर्षीय भोला उपाध्याय भन्ने भोलानाथ उपाध्याय रहेका छन् । उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । 

    उक्त मुद्दामा अदालतबाट २० वर्ष कैद फैसला भई विगत ११ वर्षदेखि फरार रहेका भोलानाथ भारतको मुम्बईमा लामोसमय लुकीछिपी बसिरहेकोमा केही समयदेखि कपिलवस्तु नगरपालिका–१ प्रशासन चोकमा डेरा लिई लुकिछिपी बसिरहेका छन् भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    २०६७ असोज ३१ गते साँझ कपिलवस्तु साबिक भलवारी गाबिस–८ सानो भलवारीमा मेला हेर्न गएका साबिक उदयपुर गाबिस(७ बस्ने मुनिम भन्ने सिताराम पासीलाई छेदी यादव, हरिहर कुर्मीले भोलानाथमार्फत् अन्य २ जना व्यक्तिहरूलाई १ लाख रुपैयाँ दिई गोली प्रहार गरी हत्या गराएको घटनामा अदालतले उनीहरूउपर उक्त फैसला गरेको थियो । छेदीलाई २०६८ भदौ ४ गते र हरिहरलाई २०६८ असोज २४ गतेनै प्रहरीले पक्राउ गरेको थियो । 

    भोलानाथलाई जिल्ला अदालत कपिलवस्तुमा उपस्थित गराइएको तथा अन्य २ जना फरार प्रतिवादीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 


    images
    images

    Logo