images
images

पछिल्लो २४ घण्टामा दुर्घटनामा परि १० जनाको मृत्यु 


  • 333
    SHARES
  • २०७८ कार्तिक २२ गते सोमबार

    पछिल्लो २४ घण्टामा दुर्घटनामा परि १० जनाको मृत्यु 

        
    काठमाडौं । सवारी दुर्घटना र अन्य घटनामा परी १० जनाको मृत्यु भएको छ । काठमाडौं लगायतदेशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटना र अन्य घटनामा परी १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा।९० प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पिपलको रुखमा ठोकिएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका(८ अत्तरखेल बस्ने २२ वर्षीय स्वछन्द पुडासैनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
     
    ललितपुर, ललितपुर महानगरपालिका(३ धोबिघाटस्थित सडकमा बा।४१ प ८४९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं कपन बस्ने रामेछाप मन्थली नगरपालिका(६ घर भएका ३२ वर्षीय रामजी कार्की डोलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १२ वर्षीय मिरन सेवाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

    बाँके, कोहलपुर नगरपालिका(१४ हवल्दारपुरस्थित सडकमा हाल नम्बर नखुलेको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय बिनोद अधिकारीको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । कार सहित हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
     
    कैलाली, जोशीपुर गाउँपालिका(५ सिमरास्थित बागमती ०२(०१५ प २७३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  सडक छेउको फलामको ड्रममा ठोकिएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका(७ बस्ने २५ वर्षीय नरेश रोकायाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको निर्सग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकलमा सवार चालक समेत ३ जनालाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ । 

    डुबेर मृत्यु  
     
    सुनसरी ,ईटहरी उपमहानगरपालिका–४ बस्ने बलिन्द्र अधिकारीको छोरा ४  वर्षीय दर्पण अधिकारीको आफ्नै घर नजिक रहेको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको छ । डबेर अशक्त भएका उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो ।
     

    भीरबाट लडेर मृत्यु 

    दार्चुला, शैल्यशिखर नगरपालिका–८ बाबिया फगाला भिरबाट लडेर कञ्चनपुर भिमदत्त नगरपालिका(९ मटेला घर भएका २६ वर्षीय रुपेश राना मगरको आइतबार दिउँसो मृत्यु भएको छ ।
     
    शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारस्थित आफन्तकोमा आएका बेला सोही नगरपालिका–७ बन्तेली मेला हेरेर फर्केने क्रममा उक्त भीरबाट लडेर गम्भीर घाइते भएका उनको गोकुलेश्वर अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । 


    करेन्ट लागेर मृत्यु  

    काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका–३ सुन्ताखान बस्ने रामेछाप मन्थली घर भएका १९ वर्षीय रंजित शेर्पा लामाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । टनेलमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि मेडिकेयर अस्पताल चाबहिलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । 

    सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका(३ खैरिहानी बस्ने ७५ वर्षीय कारी यादवको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । सोही ठाउँस्थित घाँस काट्न गएकोमा घर नफर्कीएपछि खोजी गर्ने क्रममा हाई भोल्टेजले चुढीएको तारले करेन्ट लागेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो । 

    दार्चुला, मार्मा गाउँपालिका–४ मर्मती बस्ने ३५ वर्षीय प्रेम महरको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । सोही गाउँपालिका(२ लामबगरस्थित गणेश सिंह बिष्ट र शेर सिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने उनको लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको हो । 
     
    मृत अवस्थामा फेला
         
    घोडाघोडी नगरपालिका–४ जनकपुर बस्ने सोही ठाउँस्थित सिम्लीखोला नजिक किराना पसलका संचालक ५५ वर्षीय पदम आचार्य आफ्नै पसल पछाडी आइतबार मृत अवस्थामा फेला परेका छन् । 
     


    images
    images

    Logo