images
images

सर्वोच्च अदालतमा आज बन्दीका मुद्दामा पेसी


  • 260
    SHARES
  • २०७८ कार्तिक २२ गते सोमबार

    सर्वोच्च अदालतमा आज बन्दीका मुद्दामा पेसी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र  सुनुवाइका लागि पेसी तोकेका छन् । बन्दीप्रत्यक्षीकरणका ६ वटा इजलास पेसी तोकिएकोे हो । तीमध्ये  चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् । 

    संयुक्त इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडाल, न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदी, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी, न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्मा रहेका छन्।

     एकल इजालसमा न्यायाधीश बमकुमार श्रेष्ठ र न्यायाधीश डा कुमार चँुडाल रहेका छन्। सबै पेसीमा बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र रहेका छन् । यही कात्तिक ७ गते आइतबार मध्यान्हदेखि  प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका छन्। 
        
    सर्वोच्च अदालतको  यही कात्तिक ८ गतेदेखि तोकिएको मुद्दाको सुनुवाइ हुन नसके पनि  बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानून बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन नसकेकाले न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।     


    images
    images

    Logo