images
images

अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ      


  • 309
    SHARES
  • २०७८ कार्तिक २२ गते सोमबार

    अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ      

    काठमाडौं । अवैध लागूऔषध गाँजा सहित ३ जना पक्राउ गरेका छन् । प्रहरीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । 

    पर्सा, जगरनाथपुर गाउँपालिका(४ जगरनाथपुरबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित छिपहरमाई गाउँपालिका–२ टिउकी बस्ने ६० वर्षीय रामचन्द्र महतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारततर्फ जाँदै गरेको ना।६३ प १७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी चालक महतलाई पक्राउ गरेको हो । 

    बारा, कलैया उपमहानगरपालिका–१२ सितलपुर नजिक सडकबाट करिब १ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१६ बस्ने २१ वर्षीय चांदकिशोर राम र सोही ठाउँ बस्ने ३२ वर्षीय प्रभु राम रहेका छन् । बा।२५ प १९९५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वाबाट खटिएको जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक चाँदकिशोर र मोटरसाइकलमा सवार प्रभुलाई पक्राउ गरेको हो । 

    सर्लाही, हरिवन नगरपालिका–२ स्थित सडकबाट १० किलो अवैध लागूऔषध गाँजा आइतबार साँझ प्रहरीले बरामद गरेको छ ।  सिन्धुलीको क्यामनचुलीबाट हरिवन चिसापानीतर्फ जाँदै गरेको बा।७३ प ६०४७ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएपछि मोटरसाइकलमा जाँच गर्ने क्रममा बोरामा ल्याएको उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । 
     


    images
    images

    Logo