images
images

डीआरआईमा नयाँ महानिर्देशकको एक्सन : एकैपटक १७ मुद्दा दायर, साढे २ अर्ब मागदाबी


  • 372
    SHARES
  • २०७८ कार्तिक २१ गते आइतबार

    डीआरआईमा नयाँ महानिर्देशकको एक्सन : एकैपटक १७ मुद्दा दायर, साढे २ अर्ब मागदाबी

    काठमाडौं । कर छलिको आरोपमा एकैपटक झन्डै साढे २ अर्ब रुपैयाँको मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले १७ वटा मुद्दामा कुल २ अर्ब ३६ करोड ४५ लाख बिगो मागदाबी सहित पाटन उच्च अदालतमा मुद्दा दायर गरिएको हो ।

    यसरी मुद्दा दायर गरेका ४४ लाख रुपैयाँ देखि ५३ करोड ८१ लाख रुपैयाँसम्मका छन् । यसरी मुद्दा दायर भएका कम्पनीहरुमा अधिकांश कम्पनी प्रदेश २ अन्तर्गत पर्सा, बारा, रौतहट लगायतका छन् । 

    ती फर्म तथा कम्पनीहरुले नक्कली बिलबिजक जारी गरी मूल्य अभिवृछि कर छलि गरेको तथा आय कम देखाएर आयकर समेत छलि गरेको भेटिएको विभागको दाबी छ । 

    राजश्व अनुसन्धान विभागमा यतिबेला नयाँ महानिर्देशकको रुपमा प्रकाश पाैडेल आएका छन् । नयाँ महानिर्देशकले जिम्मेवारी सम्हालेपछि पहिलोपटक यति ठूलो परिमाणमा राजश्व छलिको मुद्दा दायर गरिएको हो । 


    images
    images

    Logo