images
images

सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन


  • 350
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमल प्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गरिएको हो । 

    राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा ३ बमोजिम पोखरेलको संयोजकत्वमा डा. कमला ज्ञवाली (वाणगंगा १, पिपरा कपिल्वस्तु) र हरिबहादुर श्रेष्ठ (काठमाण्डौं नगरपालिका १३, ताहचल) सदस्य रहने गरी समिति गठन गरिएको हो । 

    यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को व्यवस्था नहुँदासम्मको लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको थियो । 


    images
    images

    Logo