images
images

तिहारमा ग्यापुबाट सामान खरिद गर्दा अप्रिलिया स्कुटर सँगै आकर्षक अफर 


  • 310
    SHARES
  • २०७८ कार्तिक १७ गते बुधबार

    तिहारमा ग्यापुबाट सामान खरिद गर्दा अप्रिलिया स्कुटर सँगै आकर्षक अफर 

    काठमाडौं । नजिकिएको पर्व तिहार र छटको विशेष अवसरमा ग्यापुले आफ्ना ग्राहकहरूको लागि विभिन्न अफरहरू ल्याएको छ । यो तिहारमा ग्यापुबाट सामान खरिद गर्दा ८० प्रतिशत सम्मको छुट देखि अप्रिलियाको स्कुटर जित्ने मौका सम्मको अफर घोषणा गरेको छ । ग्यापु अनलाइन सपिङबाट सामान खरिद गर्दा ग्राहकले छुट सँगै विभिन्न क्यासब्याक अफरहरू प्राप्त गर्न सक्छन् । 

    ग्यापुबाट सामान खरिद गरेर एनसीसी बैंकको कार्ड वा स्मार्ट कार्डबाट भुक्तानी गर्दा ५०० रुपैयाँ सम्मको २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने खल्ति डिजिटल वालेटबाट भुक्तानी गर्दा २०० रुपैयाँ सम्मको १० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी फोनपेबाट भुक्तानी गर्दा ‘फोनपे २००’ भौचर कोड प्रयोग गर्दा २०० रुपैयाँ सम्मको छुट पाउन सकिने जनाएको छ। 

    माछापुछ्रे बैंकबाट भुक्तानी गर्दा ५ सय रुपैयाँ सम्मको १० प्रतिशत छुट पाउन सकिनेछ भने एनआईसी एसिया बैंकबाट भुक्तानी गर्दा १५ सय रुपैयाँ सम्मको १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यस्तै ईसेवाबाट भुक्तानी गर्दा भने २५ सय रुपैयाँ सम्मको १०० प्रतिशत सम्मको क्यासब्याक कात्तिक १३ देखि १७ गते सम्मका ग्राहकले पाउनेछन् । हिमालय बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्डबाट भुक्तानी गर्दा भने ५०० रुपैयाँ सम्मको १५ प्रतिशत छुट प्राप्त हुनेछ । 

    त्यसैगरी प्रभुपे वालेटबाट भुक्तानी गर्ने ग्राहकहरू मध्ये १० जना भाग्याशाली विजेताले प्रभुपे वालेटमा १०१ रुपैयाँको टपअप हुनेछ भने एकजना भाग्यशाली विजेताले दुईजनाको लागि गोसाइकुण्डमा हेलिकप्टर राइड गर्ने अवसर पाउनेछन् ।


    images
    images

    Logo