काठमाडौं । स्रोत नखुलेको नगद र अवैध लागूऔषध गाँजा सहित चार जना पक्राउ गरेका छन् । प्रहरीले बारा र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
वीरगंज महानगरपालिका–१६ शंकरचार्य गेटबाट स्रोत नखुलेको नगद ५ लाख ५० हजार रुपैयाँ सहित सोही महानगरपालिका–३१ कोनिया टोल बस्ने २४ वर्षीय अनिल साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ना।४० प ४३०२ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अनिलको झोलाभित्र उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
अवैध लागूऔषध गाँजा सहित पक्राउ
जितपुर सिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट करिब १३ किलो अवैध लागूऔषध गाँजा सहित मकवानपुर राक्सिराङ गाउँपालिका–२ बस्ने २३ वर्षीय सुमन रुम्बा समेत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
शंकास्पद अवस्थामा ना।२ ह ४४४४ नम्बरको अटोमा चढ्न गएका उनीहरुलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।



